परवानीपुर हैजा नियन्त्रणका लागि आपतकालीन बैठक सम्पन्न

रञ्जन यादव
180 पाठक संख्या

जीतपुर : छिमेकी जिल्ला र गाउँपालिकासंगै जोडिएको वीरगंजमा हैजा फैलिएको सूचनासँगै परवानीपुर गाउँपालिकाले पनि संक्रमण नियन्त्रणका लागि आपतकालीन बैठक सम्पन्न गरेको छ ।

आईतबार गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठकमा वडा अध्यक्षहरु, स्वास्थ्य चौकी प्रमुख, एल.एस.न्युरो अस्पतालका प्रतिनिधि तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरु सहभागी थिए। बैठकमा वीरगंजमा फैलिएको हैजाले परवानीपुर क्षेत्रमा पार्न सक्ने असर र त्यसको रोकथामका उपायबारे गहन छलफल गरिएको थियो।

छलफलपछि प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको निर्देशनमा प्रत्येक वडामा एक र गाउँपालिकामा एक गरी अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ।

अनुगमन समितिले नियमित रुपमा स्वास्थ्य अवस्था र सम्भावित जोखिमको निगरानी गर्ने र आवश्यक पूर्वतयारी तथा जनचेतनामूलक कार्यक्रम अघि बढाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

Leave a review