गाजा र अफिमसहित पर्साबाट एक जना पक्राउ

साझेदारी दैनिक
143 पाठक संख्या

वीरगन्ज : पर्सा प्रहरीले गाजा र अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बहुदरमाइ नगरपालिका ६ भौराटार निवासी अमेरिका प्रसाद साह गोढ रहेका छन् । उनलाई लागुऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनको घरमा खानतलाशी गरेको थियोे ।

सो क्रममा घरबाट लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ १३ के.जी. र लागु औषध अफिम जस्तो देखिने पदार्थ ७१.८० ग्राम बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनि विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

Leave a review