मधेस प्रदेशकै ठुलो धनराशिको प्रथम वीरगञ्ज गोल्डकप आयोजना हुदै

राम मण्डल
302 पाठक संख्या

मधेस प्रदेशकै ठुलो धनराशिको प्रथम वीरगञ्ज गोल्डकप वीरगञ्जमा आयोजना हुदैछ ।

अगामी कार्तिक १८ गतेदेखि प्रथम गोल्ड कप २०८० फुटबल प्रतियोगिता हुने आयोजक भेट्रान सिटी क्लब वीरगञ्जले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

लामो समयको अन्तराल पछि वीरगञ्जमा गोल्डकपको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

वीरगञ्जमा पर्यटन प्रबर्दन एवम् खेलको बिकाश गर्ने उदेश्यले गोल्डकप वीरगञ्ज नामले पहिलो पटक प्रतियोगिताको आयोजना हुन गईरहेको आयोजक क्लबका उपाध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।

आदर्शनगर रँगशालामा आयेजना हुने अन्र्तराष्ट्रिय स्तरको प्रतियोगितामा नेपाल र भारतका आठवटा राष्ट्रिय स्तरको फुटबल टीमहरुको सहभािगता रहनेछ । जसमध्ये पाँचवटा नेपाली र तीनवटा भारतीय फुटबल टीमहरु रहनेछन ।

प्रतियोगिताको बिजेता टोलीले ११ लाख ११ हजार १११ रुपैया पुरुस्कार पाउनेछ भने उपबिजेता टिमले पाँच लाख ५५ हजार ५५५ रुपैया पुरस्कार पाउने श्रेष्ठले बताए ।

८० लाखको लागतमा हुन लागेको प्रतियोगितामा वीरगञ्ज महानगरपालिकाले २५ लाख दिने भनेको तथा अन्य निजी प्रायोजकले पनि रकम दिने भनेकोले प्रतियिोगिता सफलताका साथ आयेजना हुने आयेजक भेट्रान सिटी क्लबका अध्यक्ष सबिन बस्नेतले बताए ।

देशकै दोस्रो ठुलो रँगशाला वीरगञ्जको नारायणी रँगशाला दिनप्रतिदिन जिर्ण हुदै गईरहेकोले त्यसलाई संरक्षण गर्ने उदेश्यका साथ गोल्डकपको आयोजना आदर्शनगरमा गरिरहेको कलबका महासचिव पँकज श्रेष्ठले जानकारी दिए ।

वीरगञ्जमा पछिल्लो समय फुटबल प्रतियोगिताहरु आयोजना नहुदा खेलप्रेमी र खेलाडीहरु पनि निराश भएकोले प्रतियोगिताको आयोजना गर्न लागिएकोले सबै पक्षले मिलेर प्रतियोगितालाई सफल पार्नुपर्ने कुरामा श्रेष्ठले जोड दिए ।

Leave a review

This will close in 0 seconds