रञ्जन यादब/
बारामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका १ स्थित सडकमा ना.६ त ८२८३ नम्बरको ट्याक्टरले ना.६२ प ८३८ नम्बरको स्कुटरलाई राति ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं. १ बस्ने बर्ष १९ को पुरुष रोहन श्रेष्ठ रहेका छन् । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्कुटी चालकको सिमरास्थित अल्पाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।