बाराका दुई ठूला बहुराष्ट्रिय उद्योगहरूको अनुगमन

रञ्जन यादव
502 पाठक संख्या

जीतपुर : संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बारामा रहेका दुई प्रमुख बहुराष्ट्रियको अनुगमन गरेको छ।

टोलीले सुर्य नेपाल र डाबर नेपालको अनुगमन टोलीले उद्योग,श्रमिक,तथा स्थानीय बासिन्दाले भोगिरहेका समस्या र चुनौतीको अध्ययन तथा अवलोकन गरेको छ ।

उक्त अनुगमनका लागि बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरिएको थियो।

उक्त टोलीमा प्रतिनिधि सभा सदस्यहरू महेन्द्र बहादुर शाही,गणेश पराजुली,रमा कोईराला पौड्याल र राम शंकर यादव रहेका छन्।

टोलीले वीरगञ्ज भन्सार कार्यालय तथा उद्योगी व्यवसायीसँग समेत अन्तरक्रिया गर्दै उद्योग सञ्चालन,श्रमिक अधिकार,तथा व्यापारिक गतिविधिहरूमा देखिएका समस्याका विषयमा छलफल गरेको छ।

अनुगमनको निष्कर्ष तथा सम्भावित सुधारका उपायहरूबारे समितिले आगामी दिनमा आवश्यक निर्णय लिने बताइएको छ।

Leave a review

This will close in 0 seconds