बारा प्रहरीद्धारा अबैध भैसी सहित चालक पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 398 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा प्रहरीले सुवर्णपुर गाउँपालिकाबाट बुधवार अबैध भैँसी सहित चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित सडकखण्डबाट पिकअपमा लोड गरि ल्याईरहेको तीनवटा भैसी र एउटा पाँडो नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिएका छन ।

कलैया उपमहानगरपालिका वडा नम्बर १६ बस्ने बर्ष ३२ को पिकअप चालक भैयाराम कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । ना ४ च ४२८ नम्बरको पिकपमा भारतबाट अवैध रुपमा चोरी भन्सार छलि गरी कुर्मिले भैसी र पाडा ल्याईरहेका थिए ।

पिकअप सहित चालक कुर्मी र भैसीलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा पठाइएकोे छ । यता भन्सार कार्यालय बिरगंजले दुईवटा भैसी र एउटा पाँडोको करिब मुल्य १ लाख २६ हजार र पिकअपको मुल्य ८ लाख रुपैया कायम गरेको भन्सार कार्यालय बिरगंजले जनाएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review