कलैयामा पत्रकारको मोटरसाइकल चोरी

साझेदारी दैनिक
1.1k पाठक संख्या

कलैया । भोजपुरी टाईम्स दैनिक पत्रीका बाराका संवाददाता पत्रकार प्रभु यादवको मोटरसाइकल चोरी भएको छ ।

कलैया उपमहानगरपालिका शिक्षा शाखा,कृषि तथा सामाजिक शाखा अगाडि पार्किङ गरि राखेको ना.५४ प ९२७२ नम्बरको यामाहा सलुटो मोटरसाइकल मंगलवार दिउँसो साढे १२ बजे कलैयाबाट चोरी भएको हो ।

चोरी घटनाबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds