विश्वकै सबैभन्दा अग्लो स्थानमा रेस्लिङ्ग, गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश

साझेदारी दैनिक
397 पाठक संख्या

कलैया : नेपालमा विश्वकै सबैभन्दा अग्लो स्थानमा रेस्लिङ्ग प्रतियोगिता बुधबार सम्पन्न भएको छ। सो प्रतियोगिता गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश भएको छ।

महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा मनाङ्ग जिल्लाको मनाङ्ग ङिस्याङ्ग गाउँपालिका वडा नं. ०९ मा संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालमा सो प्रतियोगिता भएको हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी हरुको उपस्थितिमा २ वटा रेस्लिङ्ग महाभिडन्त भव्य रूपमा सम्पन्न भएको हो।

पहिलो खेलमा नेपालको तर्फबाट पहिलो महिला रेस्लर भगवती खड्का (युनिका), अस्मिता सुनार (जुरेली) र अमेरिकी खेलाडी बिच खेल भएको हो। खेलमा नेपालको तर्फबाट भगवती खड्का (युनिका) र अस्मिता सुनार जुरेली बिजयी भएका थिए। संसारको अग्लो स्थानमा रहेको तिलिचो तालमा रेस्लिङ्ग महाभिडन्तमा बिजयी सुनिश्चित गरि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन उनीहरु सफल भएका हुन्।

यसमा रेफ्रीको भूमिकामा सिन्धुपाल्चोक टाइगर उपनामले चिनिने कृष्ण मगरले निर्वाह गरेका थिए। दोश्रो खेलमा नेपाली खेलाडी सिन्धुपाल्चोक टाइगर कृष्ण ब मगर र लोकु सिङ्ग बिच खेल भएको थियो। यस खेलमा सिन्धुपाल्चोक टाइगर कृष्ण ब मगरले बिजयी भएका थिए। यस खेलमा नेपालकै चर्चित रेस्लिङ्ग खेलाडी अस्मिता सुनार जुरेलिले गरेकी हुन्।

यस खेलमा औपचारिक रूपमा रेस्लिङ फाउन्डेसनको अध्यक्ष भगवती खड्का (युनिका) ले अध्यक्षता गरिन्। मनाङ्ग ङ्गिस्याङ्ग गाउँपालिका अध्यक्ष कान्छा घलेले प्रमुख अतिथिको रूपमा रहेका थिए। विशेष अतिथिको रूपमा मनाङ्ग जिल्ला प्रमुख जिल्ला अधिकारी नबराज पौडेल रहेका थिए। विशेष अतिथिको रूपमा मनाङ्ग ङ्गिस्याङ्ग गा.पा. उपाध्यक्ष छिरिङ्ग गुरुङ, मनाङ्ग ङ्गिस्याङ्ग गा.पा. वडा नं ९ को वडा अध्यक्ष चोल्पा गुरुङ, विशेष अतिथिको रूपमा मनाङ्ग जिल्ला राष्ट्रिय अनुसन्धानको डि.एस.पि विशेष अतिथी रेणु अधिकारी वरिष्ठ समाजसेवी तथा कलाकार अतिथिको रूपमा पुर्वाधार बिकास आयोजना प्रमुख मनाङ्ग हरि थापा, अतिथिको रूपमा वरिष्ठ समाजसेवी तथा शिक्षाबिद राजु खड्का लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा सदस्य धन ब गुरुङ , मनाङ्ग ङ्गिस्याङ्ग गापा वडा नं ९, अनिल गुरुङ मनाङ्ग ङ्गिस्याङ्ग गा पा वडा सदस्य वडा नं ९, अतिथी नुर छिरिङ्ग गुरुङ तिलिचो युवा क्लब अध्यक्ष बुजुङ्ग गुरुङ होटल ब्यबसायी संघ मनाङ्ग ङ्गिस्याङ्ग गा पा वडा नं ९, अतिथी बिन्द्रा देवान वरिष्ठ समाजसेवी तथा भलिबल संघ पुर्व अध्यक्ष राखेप, यम राना लगायतकाले शुभकामना मन्तव्य दिएका हुन्।

प्रमुख जिल्ला अधिकारी पौडेलले गिनिज बुक अफ वल्र्ड रेकर्डमा सफलता हासिल गरेकोमा धन्यवाद र खेलमा निरन्तरता दिने गरि शुभकामना दिए। प्रमुख अतिथी मनाङ्ग ङिस्याङ्ग गाउँ पालिका अध्यक्ष कान्छा घलेले रेस्लिङ्ग खेलको माध्यमबाट देश र तिलिचो ताललाई संसार भर चिनाउने प्रयत्न गरेकोमा खुसी ब्यक्त गरे।

रेस्लिङ्ग फाउन्डेसनको तर्फबाट विभिन्न सामाजिक बौद्धिक ब्यक्तित्व हरुलाई संस्थाको अध्यक्ष भगवती खड्का युनिका प्रमुख अतिथी कान्छा घले र बिशेश अतिथि तथा प्रमुख जिल्ला अधिकारी नबराज पौडेलको हातबाट सम्मान पत्र बितरण गरिएको हो। औपचारिक रूपमा नेपाल महिला रेस्लोङ्ग फाउन्डेसनको अध्यक्ष भगवती खड्का (युनिका) ले समापन गरिन्।

Leave a review