कलैया । बाराको प्रस्टोकामा नेपाली कांग्रेस बाराका युवा नेता लोकेश सिंहले जिनाद बाबा मेलाको उद्घाटन गरेका छन् ।
प्रसौनी गाउँपालिका वार्ड नम्बर ५ मा रहेको जिनाद बाबा मन्दिरमा दुई दिने लाग्ने मेलाकाे नेपाली काँग्रेस बारा क्षेत्र नं ४ ख का सभापती एवम् प्रमुख अतिथि रहेका युवा नेता सिंहले उद्घाटन गरेका हुन् ।

मेला समितिका अध्यक्ष केदार साह तेलीको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुरेशभट्ट,शिक्षक श्रीलाल साह,वीरेन्द्र साह,जादो साह,बम यादव,गौरीशंकर साह,विगा चौरसिया,सनैईत साह,मनकेशवर साह,लक्ष्मी यादव,जमुना साह, मुखी मण्डल,मकरधज साह, मुनिलाल साह,सतेन्द्र साह,सिकेन्द्र साह कानु,राधा किसुन ठाकुर,कमलेश कुशवाहा,पुजारी धनलाल ठाकुर तथा समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।
मेलामा बारा,पर्सा,रौतहट,जनकपुर तथा सिमावर्ती भारतबाट समेत दर्शनार्थीहरु आउने मेला समितिले जनाएको छ ।


