आम जनता पार्टीको सिम्रौनगढ बैठक सम्पन्न

साझेदारी दैनिक
447 पाठक संख्या

कलैया : आम जनता पार्टीको सिम्रौनगढ नगर कमिटीको बैठक शनिबार बसवरियामा सम्पन्न भएको छ।बैठकले अगामी बैशाख १२ गते सिम्रौनगढ बजारमा आजपाका राष्ट्रिय अध्यक्ष पूर्व मन्त्री प्रभु साहको विशेष उपस्थितिमा बृहत भेला गर्ने निर्णय गरिएको छ।

भन्सार नाकालाई सुचारू एवं स्तरबृद्धि गराउन तथा सिम्रौनगढको बृहत् विकासको लागि बिशेष घोषणा गरिने समेत जनाईएको छ।

बैठकमा आजपा मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा,पार्टीको पर्सा जिल्ला इन्चार्ज लखिन्द्र साह,बारा जिल्ला अध्यक्ष राजकिशोर साह,पार्टी केन्द्रिय सद्स्य नबिनकुमार साह आईटी आर्मी नेता जयचन्द्र साह,संदिप साह लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds