गत तीन महिनादेखी कार्यालय प्रमुख विहिन हुदा घरेलु तथा साना उद्योग कार्यालयको कामकाज ठप्प

संदिप प्रसाद यादव
390 पाठक संख्या

कलैया : बाराको कलैयामा रहेको घरेलु तथा साना उद्योग कार्यालय झण्डै तीन महिनादेखि कार्यालय प्रमुख विहिन बनेको छ ।

जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर –४ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय बारामा गत असोज ७ गतेदेखि कार्यालय प्रमुख नहुँदा आर्थिक तथा केही प्रशासनिक कार्यहरु ठप्प भएको हो ।

उपसचिवको दरबन्दी रहेको घरेलु कार्यालयका तत्कालीन कार्यालय प्रमुख उपसचिव धर्मेन्द्रलाल कर्णको असोज ६ मा वीरगन्जस्थित यातायात तथा व्यवस्था कार्यालय पर्सामा सरुवा भएर गएदेखि घरेलु कार्यालय कार्यालय प्रमुख विहीन बनेको छ ।

कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्षको कुनै पनि बजेट परिचालन र कार्यक्रम सञ्चालन हुन नसकेको कार्यालयका निमित्त सहायक स्तर छेठौं तहका सहायक शाखा अधिकृत अलि शरण अन्सारीले बताएका छन् ।

सीपमूलक तालिम र अन्य सबै समुदायका लागि सीपमूलक विकासका कार्यक्रम सञ्चालनसहित कार्यालयका अन्य आर्थिक कारोबार,बजार अनुगमन र उधोग अनुगमन जस्ता कामहरु पनि प्रमुख नहुदा ठप्प रहेको निमित्त प्रमुख अधिकृत अन्सारीले बताए ।

प्रदेश सरकारअन्तर्गतका उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयबाट चालु आर्थिक बर्षमा समुदाय आत्मनिर्भर बनाउने उद्देश्यले प्राप्ता कार्यक्रम तथा तालिमहरु समेत संचालन आउन सकेको छैन । कम्प्युटर,ब्युटी पार्लर,सिलाई कटाई,मोटरसाइकल मर्मत,हाउस वायरिङ,मोबाइल सेट मरम्मत,बच्चाहरूको खेलौना र गलैँचा बनाइने तालिमहरु संचालन गर्न आएको बजेट नै संचालन हुन सकेको छैनन ।

यो मात्र होईन प्रमुख विहिन बन्दा कार्यालयमा कार्यरत कर्मचारीहरु तीन महिनादेखि तलब समेत पाएका छैनन् ।, कार्यालय प्रमुख नहुदा सेवाग्राहीहरुलाई सास्ती भैइरहेको पवन साहले बताएका छन् ।

यो घरेलु कार्यालयमा प्रमुख पठाउने तालुक निकाय मधेस प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय आफै विरामी अवस्थामा छ । प्रदेश सरकारको मन्त्रालय स्वयम लामो समयदेखी निमित्त सचिवको भरमा संचालन हुदै आईरहेको छ ।

Leave a review

This will close in 0 seconds