कलैया : बाराको कलैयामा बिहीबार नेकपा एमाले कलैया उपमहानगरपालिका कमिटीको अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले नगर कमिटीको अध्यक्षमा एम समिउल्लाहलाई सर्वसम्मत निर्वाचित गरेहो । ७५ सदस्यीय कमिटीको उपाध्यक्षमा राजेशवर सिंह,सचिवमा भिखारी साह (बिद्रोही),उपसचिवमा अनिल कुशवाहा लगायतका रहेका छन ।
कमिटीको सदस्यमा रामप्रवेश साह,बिक्की साह,जावेद अंसारी,धेनुष प्रसाद साह,रामबहादुर मण्डल,राजेश राम लगायतका रहेका छन ।
यसैगरी कमिटीको महिला सदस्यमा ललिता देवी बिन,लालती देवी हजरा,फुलवा देवी राम,सुमित्रा मण्डल रहेकी छन ।

