कलैया । रौतहटको गौर हत्याकाण्ड विवादमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले जारी गरेको परमादेशको बिरोधमा बाराको कलैयामा बुधबार तेश्रो दिन पनि जसपाका नेता तथाकार्यकर्ताहरुले बिरोध जुलुश प्रदर्शन गरेका छन ।
कलैया स्थित जसपाको पार्टी कार्यालय बाट शुरु भएको बिरोध जुलुशले बिरोध जुलुशले कलैया नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो । प्रदर्शनकारीहरुले राजनितीक मुद्दा खारेज गर, नशलिय सरकार मुर्दाबाद ,भुमी अध्यादेश खारेज गर ,उपेन्द्र यादव जिन्दाबाद लगायतका नारा लगाउदै कलैया नगर परिक्रमा गरेका हुन।
प्रदर्शन पश्चात बिरोध जुलुश कलैया स्थित भरत चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै जसपा बाराका नेता तथा कार्यकर्ताहरुले अध्यक्ष यादवलाई बिना शर्त रिहा गर्न माग गरे । जसपा बाराका अध्यक्ष रमेश यादवको अध्यक्षतामा उक्त प्रदर्शन गरिएको हो ।
२०६३ साल चैत्र ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिलको चौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एउटै चौरमा सभा गर्न लाग्दा दुई पक्षबीच झडप भएको थियो। उतm झडपमा परी २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो। भने सो घटनामा ५० भन्दा बढी माओवादी कार्यकर्ता घाइते भएका थिए।
माओवादी कार्यकर्तालाई लक्षित गरी गरिएको आक्रमण पूर्वनियोजित तथा संगठित रूपमा भएको राष्ट्रिय मानवअधिकार आयोगले घटनाको छानबिनपछि ठहर गरेको थियो। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई गौरहत्या काण्ड विवादमा यादवमाथि अनुसन्धान अघि बढाउन भनेको हो।हत्याकाण्ड भएको वर्षौं बितिसक्दा पनि राज्यले दोषीलाई कारबाही गर्न नसकेका भन्दै सर्वोच्च अदालतमा २०८० साल जेठ २१ गते रिट दायर भएको थियो।

