मधेश प्रदेश मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

रासस
617 पाठक संख्या

जनकपुर : मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा कमल उपाध्याय र आमसञ्चार प्राधिकरणको अध्यक्ष पदमा जीतेन्द्र खड्गलाई नियुक्त गरिएको छ ।

मधेश प्रदेशका गृह,कानुन तथा सञ्चारमन्त्री राजकुमार लेखीका अनुसार मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

नियुक्त भएका दुवैजना लामो समयदेखि पत्रकारितामा आवद्ध हुनुहुन्छ । उपाध्याय बाराका तथा खड्ग सप्तरीका बासिन्दा हुनुहुन्छ ।

मन्त्री लेखीका अनुसार,सञ्चार क्षेत्रको सुधार,नियमन,अनुगमन र विकासमा दुवै निकायको महत्वपूर्ण भूमिका रहनेछ ।

Leave a review