जीतपुर स्थित सल्हेस बाबाको मन्दिर रक्षाको माग गर्दै दलितहरु सड्कमा ओरलेका छन् ।
करिब ५० औँ बर्षदेखि पुजा गर्दै आएका पासवान जातीका कुल देवताको मन्दिर केही ब्यक्तिहरु पर्खाल लगाई हडप्न खोजेपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
उनीहरुले सल्हेस बाबाको मन्दिर घेर्न पाईदैन् ,भुमाफिया मुर्दाबाद ,सल्हेस बाबाको मन्दिर रक्षा गर लगायतको नारा लगाउँदै उनीहरु सड्कको किनारमा र्याली निकाल्दै प्रदर्शन गरेका थिए ।
सल्हेस बाबाको मन्दिर रक्षाको माग गर्दै उनीहरुले केहीदिन अगाडी जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । कहिँकतैबाट आफुहरुको मागप्रती सुनुवाई नभएपछि बाध्य भएर सड्कमा नारा जुलुस गर्नुपरेको दलित अगुवा चन्देश्वर पासवानले जानकारी दिए ।
आफनो ज्यानको बाजी लगाएर पनि मन्दिरको रक्षा गर्ने जिकिर गरे । जीतपुरसिमरा उपमहानगरपालिका नजिकै बीरगंज पथलैया राजमार्गसँग जोडिएको दलित बस्तीमा सल्हेस बाबाको मन्दिर रहेको छ ।

