अबैध लागु औषध गाँजा सहित साह पक्राउ

साझेदारी दैनिक
303 पाठक संख्या

कलैया : प्रहरीले बाराको प्रसौनी गाउँपालिका–४ खुटवाबाट बिहीबार बिहान अबैध लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ३१ वर्षीय पवन कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनको साथबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ग्राम र नगद २७ हजार ४ सय ३० रूपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको अबैध लागु औषध गाँजा बरामद गरेको हो ।

बरामद भएको गाँजा सहित उनलाई नियन्त्रणमा लिई आवशयक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review