कोल्हवी : बाराको कोल्हवीमा मुख्य कार्यालय रहेर संचालित तामागढी बचत तथा ऋण सहकारी संस्थाले पुर्व नेतृत्व अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कोल्हवी स्थित तामागढी पार्टी भ्येनुमा आयोजित उक्त अभिमुखिकरण कार्यक्रममा सहकारी संस्थाका संचालक,लेखा सुपरिवेक्षण समिति सदस्य,उपसमिति,सेवा केन्द्र संचालन उपमिति सदस्यहरु र सहकारी संस्थामा संचालक समिति,उपसमितिहरु,लेखा समितिहरुको नेतृत्वमा आउन सक्ने संभावित भएका शेयर सदस्यहरुको गरी झण्डै ५० जनाभन्दा बढी जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहकारी संस्थाका कानुनी सल्लाहकार युवराज क्षेत्री र मुख्य प्रबन्धक बासुदेव रिमालले सहकारी संस्थाको विनियम,कार्यविधी,हकारी सहकारी विभागको निर्देशिका,संचालकहरुको काम कर्तव्य अधिकार लगायतका बारेमा जानकारी दिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको सहकारी संस्थाले जनाएको छ ।
सहकारी संस्थाले आगामी १७ औ बार्षिक साधारणसभा निर्वाचनलाई लक्षित गरेर सक्षम र सवल नेतृत्व ल्याउने पुर्व नेतृत्व अभिमुखिकरण कार्यक्रम संचालन गरेका मुख्य प्रबन्धक रिमालले बताएका छन ।
सहकारी संस्थाका अध्यक्ष एकराज आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कायक्रमको संचालन संस्थाका सचिव पद्मजंग प्याकुरेलले संचालन गर्नुभएको थियो ।


