बारामा अनुचित लेनदेनसम्बन्धी उजुरीमा २८ प्रतिशत फर्छोट

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 211 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेका उजुरीमा हालसम्म करिब २८ प्रतिशत मुद्दा फर्छोट भएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गरी हालसम्म करिब ३ हजार ४ सय ४९ वटा अनुचित लेनदेनका उजुरीहरु परेका थिए । जसमध्ये दुवै कार्यालयबाट हालसम्म ९ सय ६२ वटा उजुरीहरुको मिलापत्र भई फर्छौट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बारामा ३ हजार ३ सय २२ वटा उजुरी दर्ता भएका थिए भने जिल्ला प्रहरी कार्यालयमा थप १ सय २७ वटा उजुरी परेको होे ।

जसमध्ये जिल्ला प्रशासन कार्यालयले १ हजार ६ सय ७३ वटा उजुरीमाथी छलफल गराई सक्दा ६ सय ७५ वटा मुद्दामा पिडित र पिडकवीच छलफल गराई मिलापत्र गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले गृहमन्त्रालयले अनुचित लेनदेनको मुद्दा हेर्ने सम्पुर्ण जिम्मेवारी जिल्ला प्रहरी कार्यालयलाई दिईएको छ ।

गत माघ २४ गतेदेखि प्रहरीले मुद्दा हेर्ने जिम्मेवारी पाएपछि बारा प्रहरीले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धिका प्रहरी कार्यालयमा आएपछि प्रहरीले ४ सय ६० वटा उजुरीमाथी छलफल गरिसकेको छ ।

प्रहरी कार्यालयमा नै उजुरी लिने व्यवस्था भएपछि हालसम्मा १ सय २७ वटा नंया उजुरी परेको प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन ।

प्रहरी कार्यालयमा उजुरी हेर्ने अधिकार पाए यता २ सय ७८ वटा उजुरीहरुको मिलापत्र गराई फर्छौट गराइएको छ ।

प्रहरी र प्रशासन कार्यालयमा गरी हालसम्म २ हजार १ सय ३३ वटा उजुरीमाथी छलफल भएको छ । परेको उजुरी मध्ये २ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय र प्रहरीमा गरी झै २ हजार ४ सय ८९ वटा पिडितहरुको उजुरीमाथी छलफल हुन बाँकी नै रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले गत वैशाख १७ गतेदेखि हालसम्म ९ सय ६२ वटा उजुरीमाथि छलफल,समन्वय,सहकार्य गरी मिलापत्र गराइएको जानकारी दिए ।

प्रवक्ता न्यौपानेका अनुसार कूल रु ३१ करोड ९ लाख ४९ हजार ८ सय ७ रुपैया बराबरको पिडकको मागदाबी उजुरी परेकोमा हालसम्म विभिन्न माध्यमबाट सहमति,मेलमिलाप भएको विगो रकम रु १८ करोड ९६ लाख ८५ हजार ९ सय ७९ रुपैयाँमा टुङ्गो लगाइएको छ ।

जसमध्ये २५ विघा १२ कठा ७ धुर जग्गा फिर्ता गराइएको उनले बताए ।

मिटरब्याजीविरुद्ध हालसम्म दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा(जमिनसम्बन्धी मिटरब्याजपीडितको उजुरी छ ।

कसै-कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको,दोब्बर–तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको छ ।

परेका उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी,साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने,आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको प्रवक्ता न्यौपानेले साझेदारी दैनिकलाई बताए ।

छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहेको वा नरहेको समेत अनुसन्धान गर्ने गरिएको उनको भनाई छ ।

मिटरब्याज सम्बन्धी समस्यालाई समाधान गर्नका लागि गत वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत अनुचित लेनदेन सम्बन्धी उजुरी लिन सुरु गरिएको थियो ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review