ससुराली आएका ब्यक्ति नदीमा मृत फेला

साझेदारी दैनिक
298 पाठक संख्या

एक भारतीय नागरिकको पर्सामा मृत अवस्थामा शव फेला परेको छ ।

जिल्लामा रहेको र्सिसिया नदीमा डुबेको अवस्थामा भारत बिहार मोतिहारी बस्ने सलेन्द्र तुराहाको शव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

नदीमा तैरिरहेको अवस्थामा स्थानीयले पुरुषको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।मृतक तुरहा ड्राइपोर्ट स्थित ससुराली घरमा परिवारसहित एक हप्ता पहिले आएका थिए ।

उनले अत्याधिक मादक पदार्थ सेवन गरेको जस्तो देखिएको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ ।

यद्यपि प्रहरीले शब नियन्त्रणमा लिएर पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ ।मृत्युको कारण रिपोर्ट पछि खुल्ने प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds