कलैया : कलैयास्थित बाल एकता सेकेन्डरी ईङग्लिस बोर्डिङ स्कुल +२ विज्ञान तथा म्यानेजमेन्ट कलेजले कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाइ सम्मानसहित बिदाई गरेको छ।
बाराको सदरमुकाम कलैया उपमहानगर –६ स्थित रहेको उक्त कलेजले आफ्नो सभा हलमा शनिबार एक कार्यक्रम बीच कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाइ सम्मान सहित बिदाई गरेको हो।
कार्यक्रमको प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिकाका शिक्षा,युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत राजिव यादवले पानसमा बत्ती बाली विदाई कार्यक्रमको उद्घाटन गरेका थिए।
प्रमुख अतिथि यादवले एक महिनादेखी शिक्षा शाखाको जिम्मेवारी सम्हाल्दै आएको जानकारी दिए। सामुदायिक र संस्थागत विद्यालयहरुमा छड्के तथा अनुगमन गर्ने क्रममा जारी रहेको उनले बताए।
नेपाल सरकारको नियम अनुसार प्रत्येक विद्यालय र बिद्यार्थीहरुको इमिस कोर्ड रहेको उनले जानकारी दिए। कलैया उपमहानगर –२० बसतपुरमा रहेको दुई वटा संस्थागत विद्यालय नियम तथा मापदण्ड विपरीत संचालनमा रहेको उनले जनाए।
दुबै बिधालयलाई १५ दिन भित्र आफै ताल्चा लगाउन उनले आग्रह गरे। नत्र प्रहरी लगाएर ताल्चा लगाउने चेतावनीसमेत उनले दिए। “ प्रहरी मेरो साथी“ भने जस्तै “ शिक्षक मेरो साथी“ झै सहकार्य गरि काम गर्ने उनले बताए।
मोबाइलको दुरुपयोग नगर्न तथा साइबर अपराधबाट सचेत रहन उनले सुझाव दिए। बिद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सबैमा सफलताको कामना गरे।
बाल एकता बोडिङ्ग स्कुलका प्रधानाध्यापक प्रबन्धक निर्देशक सुमोध कुमार सरार्फले पूर्वप्रधानाध्यापक रुपेश स्वर्णकारको सम्झना स्वरुप “रुपेश स्वर्णकार छात्रवृत्ति” को घोषणा गरेको जानकारी दिए। छात्रवृति अन्तर्गत कक्षा ११ मा अध्ययन गर्न इच्छुक बिज्ञान तर्फ ५ र म्यानेजमेन्ट तर्फ ५ जना गरी १० जना जेहेन्दार विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रबन्ध निर्देशक सर्राफले बताए ।
कार्यक्रममा शिक्षक नरेन्द्र कुमार निधी,परमानन्द यादव र विद्यार्थी राबिया आलम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कक्षा १२ मा विज्ञान संकायतर्फ २८ जना र म्यानेजमेन्टतर्फ ४८ जना छात्रछात्राहरु गरि ७६ जना विद्यार्थीहरुलाई बिदाई गरिएको +२ कलेजका संयोजक प्रमुख प्रिन्सकुमार सिंहले बताएका छन्। कलेजले कक्षा १२ को विज्ञानतर्फ चौथो र म्यानेजमेन्ट तर्फ तेस्रो ब्याचको बिदाई गरिएको उनले बताए।
विद्यालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोलासाह सोनारको अध्यक्षतामा सो विदाई कार्यक्रम भएको हो। कार्यक्रममा विद्यालयका सह प्रबन्धक संगीता सरार्फ,विद्यालय छात्रावासका निर्देशक छाया सरार्फ,सनराईज कोचिङ तथा कम्प्युटर सेन्टरका फाउण्डर प्रिन्सिपल तथा डाईरेक्टर सन्तोषकुमार साह,नेपाल भारत मैत्री संघका प्रदेश सचिव पवन अग्रवाल,श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रस्टोका बेलैयाका वैद्यनाथ,कलेजका शिक्षकसहित विद्यार्थी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।
बाल एकता बोडिङ्ग स्कुलका +२ कलेजका संयोजक प्रमुख प्रिन्स कुमार सिंहले स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक अनुज श्रीवास्तवले गरेका थिए।

