विषाक्त पानीमा डुबेर बालकको मृत्यु,स्थानीय आक्रोशित

रञ्जन यादव
368 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नंम्बर ५ बकुलियामा रहेको प्रदूषित र दुर्गन्धित नहरको पानीमा डुबेर एक १३ वर्षीय बालकको ज्यान गएको छ।

मृतक बालकको पहिचान लालबाबु मुखियाका छोरा सन्दिप मुखिया भएको पुष्टि भएको छ। सन्दिपका बुवाको करिब डेढ वर्षअघि मृत्यु भएको थियो। स्थानीयका अनुसार, शुक्रबार दिउँसो करिब २ बजे बालक नहरमा डुबेको अवस्थामा फेला परेका थिए।

सो नहरमा नन्दन ध्यु उद्योग, गणपती ध्यु उद्योग, अशोक स्टिललगायतका उद्योगबाट निस्कने विषाक्त रसायनयुक्त फोहोर मिसिएको छ।बालकको शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ।

घटनापछि स्थानीय बासिन्दा र पीडित परिवार आक्रोशित बनेका छन्। उनीहरूले विषाक्त पानी बग्ने प्रक्रिया तत्काल बन्द गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

यदि यस्तै गतिविधि यथावत् रहिरहेमा सम्बन्धित उद्योगहरूमा ताल्चा लगाई बन्द गरिने स्थानीयको चेतावनी दिएका छन । यस भन्दा अगाडि पनि सो पानीमा गाईबस्तु नुहाउँदा मृत्यु हुने तथा छाला ढड्ने समस्या देखिदैँ आएको छ ।

Leave a review