धार्मिक स्थल शिवनगरमा नगर प्रमुख जयसवालद्वारा कृषि सडकको शिलान्यास

Subash Kumar Mishra
676 पाठक संख्या

रौतहट । रौतहटको शिवनगर चौकस्थित दुर्गा मन्दिरदेखि कृषि केन्द्रलाई जोड्ने नयाँ कृषि सडकको शिलान्यास भएको छ ।

बुधबार एक कार्यक्रमका बीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल र वडाध्यक्ष रामबिनोद साहले संयुक्त रूपमा उक्त सडकको शिलान्यास गरेका हुन् ।

रौतहट जिल्लामै धार्मिक स्थलको रूपमा प्रसिद्ध रहेको शिवनगर चौकस्थित दुर्गा मन्दिरदेखि कृषि केन्द्रसम्म जोडिने १५ फिट चौडाइको कृषि सडकको आज विधिवत रूपमा शिलान्यास गर्दै नगर प्रमुख जयसवालले नगरपालिका र स्थानीय जनसमुदायबीचको सहकार्य, यहाँका समाजसेवी,बुद्धिजीवी,जग्गादाताको योगदान र जनप्रतिनिधिको दृढ इच्छाशक्तिका कारण यो महत्त्वपूर्ण सडकको शिलान्यास सम्भव भएको बताएका छन् ।

वर्षौँदेखि बाटोको अभावमा पछि परिरहेको शिवनगर क्षेत्र अब विकासको बाटोमा अगाडि बढ्न थालेको बताउदै “जनताको साथ र विश्वासका साथ नगरको समग्र विकासमा आफू लागिपरेको बताए ।

नगर स्तरीय रु १६ लाख ९५ हजार ६ सय ३२ को लागतमा सो कृषि सडक निर्माण हुने नगर प्रमुख जयसवालले जानकारी दिए । यहीँ असार मसान्तसम्ममा माटो र ग्रेभलको सम्पन्न गर्नेगरी द्रुत गतिमा काम अगाडि बढाइएको समेत उनले बताए ।

उक्त शिलान्यास कार्यक्रममा स्थानीय लालबाबु गिरि,शिवनर बजार समितिका अध्यक्ष योगेन्द्र प्रसाद साह,वडा नम्बर २ का अध्यक्ष कृष्णन्दन सहनी,वडा नम्बर १ का अध्यक्ष शेख वहाब,वडा नम्बर ६ का अध्यक्ष रामबाबु चौधरी,कर्यापालिका सदस्य ध्रुव गिरि,स्थानीय बिनोद साह,मदन सोनार साह,अनिल यादव,फेकन साह लगाय स्थानीय बुद्धिजीवी सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds