चिनी मिलले उखु क्रसिङ्ग शुरु नगर्दा पर्सा बाराका किसान मारमा

राम मण्डल
311 पाठक संख्या

चिनी मिलहरुले उखु क्रसिङ गर्न शुरु नगर्दा पर्सा बाराका किसानहरु समस्यामा परेका छन्।

चिनी मिलले उखु क्रसिङ्ग नगर्दा खेतमा रहेको उखु बिक्री गर्न नपाउदा किसान समस्यामा परेका हुन् । पर्सा र बाराका उखु किसानहरुले उखु क्रसिङ्गको लागि बारामा रहेको रिलायन्स सुगर मिलमा उखु पु¥याउने गरेका छन् ।

उक्त मिलले हालसम्म क्रसिङ शुरु नगर्दा किसानहरु मारमा परेका हुन्। उखु तयारी अवस्थामा किसानको खेतमा रहेको छ ।

चिनी मिलले उखु क्रसिङ्ग शुरु नगर्दा किसानहरु मर्कामा परेका हुन् । पर्साका किसानहरुको खेतमा उखु सुक्न थालेपछि अहिले जिल्लाका किसानहरु रौतहटमा उखु पु¥याउने गरेको पर्साका एक किसानले जनाएका छन्।

यस्तै सरकारले पनि अहिलेसम्म उखुको समर्थन मूल्य तोकेको छैन ।उखुको समर्थन मूल्य पनि तोकिएको छैन । नजिकै भएको चिनी मिलले पनि समयमा नै उखु क्रसिङ नगर्दा किसानहरु दोहोरो मारमा परेका छन ।किसानहरु अहिले चिनीको मिलले दिने चलानको पर्खाईमा रहेका छन् ।केही किसानहरु उखु सुक्ने र ऋण तिर्नुपर्ने भएका कारणले कम मूल्यमा नै स्थानीय स्तरमा रहेका सख्खर उत्पादन गर्ने खाँडसारीलाई बिक्री गर्दै आएका छन ।

पर्सामा यसपालि दुई हजार बिगाहा क्षेत्रफलमा उखुको खेती भएको उखु उत्पादक सँघ पर्साका अध्यक्ष असर्फी साहले साझेदारी दैनिकलाई बताए । उनले हरेक बर्ष उखु किसानहरुले उखु खेती कम गर्दै गईरहेको उनले बताए ।

समयमा उखु मिलले क्रसिङ शुरु नगर्नु,भुक्तानी समयमा नपाउनु, नगदे बाली भनेर उधारो बालीमा उखु खेती परिणत भएका जस्ता कारणहरुले उखु खेतीमा कमि आएको उनले बताए ।

पर्सा र बाराको उखु क्रसिङ बाराको रिलायन्त्रस चिनी मिलले गर्दै आएको साहले बताए । उनले उक्त चिनी मिलले सधै ढिलो गरेर नै क्रसिङ शुरु गर्ने गरेको आरोप उनले लगाए ।अहिले किसानले रौतहटसम्म उखु लैजानको लागि दुरी बढी पर्ने भएकाले थुप्रै किसानहरु बारास्थित चिनी मिलको चलानको पर्खाईमा रहेको उनले बताए ।

पहिले चार हजार बिगाहा सम्मको क्षेत्रफमा पर्सामा उखुको खेती हुदै आएको थियो । अहिले आएर आधा घटिसेकेको छ । त्यस्को मुख्य कारण पर्सामा चिनी मिल्स नहुनु नै भएको बताए ।सरकारले पनि वीरगञ्जमा रहेको चिनी मिल कारखानालाई सञ्चालन गर्नको लागि कुनै किसिमको पहल नगरेको उनले जनाए ।

यस कारणले पनि बिस्तारै उखु किसानहरु अन्य बाली लगाउने तर्फ आकर्षित भएको उनले बताए । बारास्थित रिलायन्स चिनी मिलले प्रति क्विन्टल १५ पैसा किसान सित लिएर १५ पैसा आप्mनो तर्पmबाट थपेर सँघलाई दिनुपर्ने भएपनि बिगत पाँच बर्षदेखि मिलले त्यो पैसा सँघलाई नदिएको उनले गुनासो गरे ।

Leave a review

This will close in 0 seconds