दोस्रो करैयामाई गोल्डकपको उपाधी सशस्त्र प्रहरीको एपिएफ बर्दिबासको कब्जा

साझेदारी दैनिक
721 पाठक संख्या

कोल्हवी :धीरेन्द्र पनुहर/ बाराको करैयामाई स्थित उमजनमा संचालित दोस्रो करैयामाई गोल्ड कप २०८२ को उपाधी सशस्त्र प्रहरीको एपिएफ बर्दिबासले उचालेको छ ।

शनिवार उमजन खेलमैदानमा सम्पन्न फाईनल खेलमा नव जनजागृति युवा क्लब(एनजेजेवाइसि) सिमरालाई शुन्यका विरुद्ध एक गोलले हराउददै उपाधि लिएको हो ।

दुबै टिमले आफ्नो टिमलाइ बिजयी गराउन निकै नै आक्रमक खेल खेलेका थिए। खेलको पहिलो हाफसम्म कुनै टिमले गोल गर्न सकेन । दोस्रो हाफको अन्तिम समयमा ए पि एफ बर्दिबासका जर्सी न ८ का अन्जन चौधरीले एक गोल गरि दोस्रो करैयामाई गोल्डकपको उपाधी उचालेको हो ।

प्रतियोगितामा वेस्ट किपर एपिएफ बर्दिबास का उमेश कार्की बेष्ट डिफेन्स राजेश चौधरी,वेस्ट फरवार्ड साङ्वेल सुनार वेस्ट मिड फिल्डर एन जे जे वाइ सि का कृजत मोक्तान,सर्वोकृष्ट खेलाडी कौशभ श्रेष्ठ घोषित हुनु भएको हो ।

जितसङै बिजेता टिम ए पि एफ बर्दिबासले नगद रु ६० हजार शिल्ड मेडल र प्रमाणपत्र र उपबिजेता एनजेजे वाइ सि सिमराले नगद रु ३० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

श्री नव जन प्रगति युवा क्लब उमजन बाराको आयोजनामा संचालित दोस्रो करैयामाई गोल्ड कप २०८२ को समापन समारोह शनिबार एक कार्यक्रमको बिच सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष रुपनारायन यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव,गाउँपालिकाकी उपाध्यक्ष सुनैना कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतो,वडा न. ७ का अध्यक्ष बिरिज चौधरी,५ का वडा अध्यक्ष उमेश चौधरी,कार्यपालिका सदस्य सुरेन्द्र साह,समाज सेवि सुनिल चौधरी,रामनारायण साह,उमेश साह,पुर्व शिक्षक चन्द्र नारायण साह,जनता मा.वि. उमजनका प्र.अ. रामनाथ चौधरी,लगायतको उपस्थित रहेको थियो ।

Leave a review

This will close in 0 seconds