कर्मचारी संयन्त्रमा देखिने चाकडी,चाप्लुसी र चुकुलीलाई अन्त्य गर्न जरुरी : जिल्ला न्यायधीश आचार्य

संदिप प्रसाद यादव
380 पाठक संख्या

कलैया : २१ औं निजामती सेवा दिवस शनिवार बारामा भब्यताका साथ मनाईएको छ ।

‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास,समृद्धि र सुशासन’ भन्ने नाराका साथ २१ औं निजामती सेवा दिवस मनाईएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराले पनि दिवसको अवसरमा विभिन्न कार्यक्रहरु आयोजना गरेको छ । यसै अन्तरगत यसअघि भएको कार्यक्रमहरुको विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रमको जिल्ला अदालत बाराका जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्यले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहको जिल्ला न्यायधीश आचार्यले राष्ट्र निर्माणमा निजामती सेवा क्षेत्रको अतुलनिय भुमिका रहेको बताउनुभएको छ।

उहाले राष्टसेवक कर्मचारी स्थायी सरकार भएकाले राष्ट्रको सवैक्षेत्रको विकासमा राजनीतिक नेतृत्व भन्दा बढि दायित्व हुने बताउनु भएको छ । कर्मचारी संयन्त्रमा देखिदै आएको समस्या तीन वटा अर्थात चाकडी,चाप्लुसी,चुकुलीलाई अन्त्य गर्न जरुरी भएको बताउदै जिल्ला न्यायधीश आचार्य कुरामा चुस्त काममा सुस्त र हिसाबमा दुरुस्त हुने भनाईलाई पनि कर्मचारी संयन्त्रले चिर्न जरुरी रहेको बताउनुभयो ।

निजामती सेवा दिवस मुल समारोह समिति बाराका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको उक्त कार्यक्रम भएको हो ।

सो अवसरमा निजामती सेवा दिवस मुल समारोह समिति बाराद्धारा संचालन गरिएको विभिन्न प्रतियोगिता तथा कार्यक्रमहरुमा विजयी हुने टिमलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरिक्षक महेन्द्र खड्का लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन बाराको सहयोगमा जिल्ला समन्वय समितिको सभाहलमा आयोजित हाजिरी प्रतियोगितामा जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा रमेश कुमार राय,दल बहादुर शाही,दिपेन्द्र प्रसाद चौधरी प्रथम स्थान हासिल गर्न सफल भएका थिए भने भुमी सुधार तथा मालपोत कार्यालय बाराका सागर कुमार साह,रामकृष्ण पौडेल,राज कुमार चौधरीले द्धितिय तथा प्रसौनी गाउँपालिकाका राहुल गुप्ता,सन्तोष साह रौनियार र किसोरीलाल महतोले तृतीय स्थान प्राप्त गरेका थिए ।

प्रथमलाई ५ हजार रुपैयाँ,दोस्रोलाई ३ हजार र तृतीयलाई २ हजार नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियोे ।

Leave a review