बाराको पचरौता नगरपालिकामा १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
नगरपालिकाले साउन २३ गते १८ जनाको स्याव संकलन गरि परिक्षणका लागि हेटौडा पठाइएकोमा बुधवार ती मध्ये १३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो ।
संक्रमित हुनेहरुमा वडा नम्बर १ का नै ५५ बर्षिय पुरुष, ३५,६५ बर्षिय महिला, ४५ बर्षिय महिला, ६ बर्षिय नवालिका, २१ बर्षिय महिला, ४५ बर्षिय महिला, ५२ बर्षका पुरुष,२० बर्षका पुरुष, ८ बर्षका बालक, ४० बर्षका पुरुष र ६० बर्षका पुरुष रहेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।
संक्रमितहरुलाई कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित रहेको आइसोलेसनमा ल्याउने काम भईरहेको प्रवतmा मिश्रले भन्नुभयो ।