चेक अनादर मुद्दाको फरार प्रतिवादी धनेश पक्राउ

साझेदारी दैनिक
323 पाठक संख्या

कलैया : जिल्ला प्रहरी कार्यालय बाराले चेक अनादर मुद्दाका एक जना फरार प्रतिवादीलाई कलैया उपमहानगरपालिका वडा नम्बर १५ बाट पक्राउ गरेको छ।

चेक अनादर मुद्दामा एक हजार रुपैयाँ अदालतले जरिवाना गरेका कलैया १५ का ३२ वर्षीय धनेश रामलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालत कलैयामा दाखिल गरेको पण्डितले जानकारी दिए।

Leave a review

This will close in 0 seconds