सिमरा : बाराको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहले प्राङ्गारिक मल उत्पादनका लागि आवश्यक मेसिन सञ्चालनमा ल्याएको छ।
डिभिजन वन कार्यालय बाराको लागत साझेदारीमा खरिद गरिएको सो मेसिनको मंगलबार डिभिजन बन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव कुमार झाले उद्घाटन गरेका हुन । मेसिनको उद्घाटन भएसँगै प्राङ्गारिक मल उत्पादनको कार्य औपचारिक रूपमा सुरु भएको हो।
सो अवसरमा कार्यक्रममा समितिका पदाधिकारीहरू, फेकोफन बारा जिल्ला अध्यक्ष, सब–डिभिजन वन कार्यालय निजगढका प्रमुख तथा कर्मचारिहरु, साथै डिभिजन वन कार्यालय बाराका योजना शाखाका अधिकृतहरूको उपस्थिति रहेको थियो।
मेसिन सञ्चालनमा आएसँगै जन ज्योति सामुदायिक वन उपभोक्ता समूहले प्राङ्गारिक मल उत्पादनलाई थप प्रभावकारी र नियमितरूपमा अघि बढाउने जनाएको छ। समूहले यस कार्यले स्थानीय स्तरमा कृषिजन्य उत्पादन वृद्धि, फोहर व्यवस्थापन र वातावरण संरक्षणमा सहायत पु-याउने विश्वास व्यक्त गरेको छ । समूहले कार्यक्रममा उपस्थित सबैजनाप्रति आभार प्रकट गर्दै उपभोक्ताहरूलाई सहकार्य र सहयोगका लागि आग्रह पनि गरेको छ ।

