स्व.भण्डारीको ७४ औँ जन्मजयन्तमा फलफुल वितरण

साझेदारी दैनिक
408 पाठक संख्या

कलैया । स्वर्गीय मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन जिल्ला कमिटी बारा तथा नगर कमिटी कलैयाको सयुक्त आयोजनामा फलफुल वितरण तथा खाद्यान्न वितरण गरिएको छ ।

फाउण्डेशनले प्रादेशिक अस्पताल कलैयामा भर्ना रहेका ६० जना विरामीहरुलाई शनिवार फलफुल वितरण गरेको छ भने सोही अवसरमा अमृता अनाथ आश्रम कलैयालाई दुई बोरा चामल १५ किलो आलु, ५ किलो दाल, ५ किलो प्याज तथा फलफुल वितरण गरिएको छ ।

फाउण्डेशनका जिल्ला कमिटी उपाध्यक्ष पनालाल कुशवाहाको अध्यक्षतमा रहेको उक्त कार्यक्रममममा फाउन्डेशनका मधेश राजमहमद राय विशिष्ट अतिथि कोषाध्यक्ष अशोक तिवारी प्रदेश सदस्य. दिपक चौधरी क.प्रभु प्रसाद कानु, ने क पा ऐमाले जिल्ला कमिटि बाराको उप सचिव क. जवाहिर अंसारी,फाउण्डेशनका जिल्ला सचिव क. दिपेन्द्र साह लगायत सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds