चन्द्रपुरमा पनि अब विधुतीय सवारी चार्जिङ स्टेसन

साझेदारी दैनिक
371 पाठक संख्या

चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिकामा पनि अब विधुतीय सवारी चार्जिङ स्टेसन रहेको छ ।

औपचारिक रुपमा सुरु चार्जिङ स्टेसनको विहीबार एक कार्यक्रमवीच संचालनमा ल्याईएको हो । मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार विकाश मन्त्री तथा नेपाली काङ्ग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादबले उक्त चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन ।

मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरशिप फण्ड’ र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा ‘एनके थापा कन्स्ट्रक्सन’ काठमाडौंका करिब साढे पाँच कठ्ठा सरकारी जमिनमा निर्माण भएको उक्त चार्जिङ प्वाइन्ट स्थापना गरिएको हो ।

सो चार्जिङ सेन्टरबाट एक पटकमा ४ वटा चारपाङ्ग्रे गाडी,तीन पाङ्ग्रे ११ वटा गरेर १५ वटा चार्जिङ प्वाइन्ट राखिएको छ । विहीबार ‘एनके थापा कन्स्ट्रक्सन’ काठमाडौंका प्रबन्ध निर्देश्क देबराज अधिकारीले चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरेसगै विधिबत रुपमा सुरुवात भएको हो ।

चार्जिङ स्टेसनको उद्घाटन गर्दै पुर्वमन्त्री यादबले विधुतिय सवारीले कम खर्चमा यात्रा गर्न सकिने हुदा देशैभरी विधुतीय चार्जिङ स्टेसन थप्नुपर्ने धारणा राखेका छन ।

सो अवसरमा चन्द्रपुर नगरपालिकामा मेयर सन्जय काफ्लेले मधेस प्रदेशको चन्द्रपुरमा सुबिधा सम्पन्न चार्जिङ स्टेसन बन्नु नगरको गौरबको कुरा भएको बताए । सुबिधा सहित पालिकालाई आर्थिक आर्जन मेयर काफ्लले जनाए ।

दुई करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो चार्जिङ सेन्टेरमा यात्रुहरुका लागी पार्क सहित रिफ्रेसमेन्ट सेन्टर समेत निर्माण गरिएको छ ।

Leave a review