हिन्दुहरुको महान् पर्व बडा दशैंको उपलक्ष्यमा बारा जिल्लाको जीतपुर स्थित मठ मन्दिरहरुको सरसफाइ गरिएको छ ।
नेपाल सितोरियो करांते शाखा डोजो जीतपुरको आयोजनामा खेलाडीहरुले मन्दिर प्राङ्गणको सरसफाइ गरेका हुन् ।
खेलाडीहरुले स्थानिय गढिमाई मन्दिर,बङ्गाली बाबा मठ,शिव मन्दिर,दुर्गा मन्दिर र दुर्गा माताको पण्डाल लगाायतका मन्दिर र आसपासको क्षेत्रको सरसफाइ गरेका हुन् ।
समाजप्रतिको उत्तरदायित्व दर्शाउँदै करांते खेलाडीहरुले सरसफाईको काम गरेका हुन् प्रशिक्षक मनोज कुमार साहले बताए ।
खेलले खेलाडीहरुलाई समाज र संस्कृतिकसँग जोड्दा उनिहरुमा अनुशासन बढ्नुका साथै समुदायप्रतिको उत्तरदायित्व पहिचान गर्नै क्षमताको विकास हुन्छ प्रशिक्षक साहले भने ।


