२०८४ मा कसैसंग गठबन्धन नहुने : महामन्त्री शर्मा

साझेदारी दैनिक
435 पाठक संख्या

कलैया : नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले २०८४ को आम निर्वाचनमा कसैसंग कुनै प्रकारको गठबन्धन नहुने बताएका छन ।

बाराको सदरमुकाम कलैयामा मंगलबार नेपाली काँग्रेसद्धारा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । नेपाली काँग्रेस एक्लै चुनाव लडने सक्षम रहेको उद्धघोष गदै महामन्त्री शर्माले २०८४ मा कसैसंग गठबन्धन नहुने बताए ।

नेपाली काँग्रेस पार्टीले देशको हरेक परिवर्तनमा अतुल्नीय योग्दान रहेको हुदा फेरि पनि नेपाली जनताले रुख चिन्हमा नै मतदान गर्नका लागि आतुर रहेको महामन्त्री शर्माको कथन रहेको थियो । मिसन ८४ मा पार्टीको बहुमतको सरकार बनाउनका लागि अहिले देखि नै गृहकार्य तिब्र पार्दै जनताको पक्षमा काम गरिरहेको महामन्त्री शर्माको भनाई छ ।

हिजो गठबन्धनका कारणले साईकल, मसाल, कलममा भोट हाल्ने बाध्यता सृजना भएको थियो तर अब ८४ मा रुख चिन्हमा मात्र मतदान गर्न पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । सोही क्रममा बोल्दै महामन्त्री शर्माले नेपाली काँग्रेस पार्टी र सरकारमा प्रतिनिधत्व गर्ने काँग्रेसका मन्त्रीहरुले गरेका राम्रो कामहरु जनजनमा पुग्न नसक्ने गरेको हुदा रामौ कामहरुको बारेमा त्यसलाई बढी भन्दा बढी जनजनमा प्रचार गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो ।

नेपाली काँग्रेसका पार्टी बाराका सभापति राजेश राय यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पुर्व मन्त्री कलावती पासवान, नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव,बाराका पुर्व जिल्ला सभापति जयचन्द चौरसिया, उपसभापति मनोज भट्र, उपसभापति अमिरीलाल पाल,क्षेत्रिय सभापति बिजयशंकर यादव, रामप्रवेश यादव, सुनिल गुप्ता, प्रभात कुमार चौरसिया लगायतको उपस्थितिा रहेका छ ।

Leave a review

This will close in 0 seconds