Sajhedari Daily
Latest News from Nepal

परिवार दल बाराद्धारा राहत बितरण

नेपाल परिवार दल बाराले शनिवार देवताल गाँउपालिकाको वडा नम्बर ४, ५ मा अत्ति विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

कोभिड १९ बाट प्रभावित परिवारहरुलाई हातमुख जोर्न समस्या भएका परिवारहरुलाई राहत प्रदान गरिएको हो । राहत स्वरुप एक परिवारलाई चामल १५ केजी ,पिठो २.५ केजी, मसुर दाल १ केजी,भटमास दाल १ केजी ,खाने तेल १ पकेट,चिनी १ केजी, मासाला अधी केजी,नुहाउने साबुन १ पिस नुन १ केजी लगायत खाद्यय समाग्रीहरु २५ घरपरिवारहरुलाई वितरण गरिएको नेपाल परिवार दलका अध्यक्ष रामचन्द्र चौधरी जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले हरेक दुखसुखमा साथ दिने प्रतिबद्धता गरे । पार्टीका जिल्ला सचिव अच्छेलाल रामको अध्यक्षता सम्पन्न कार्यक्रममा महिला समाजसेवी रुना चौधरी, गान्धी सहनी, देवताल गाउँपालिकाको यूवा नेता बिकाश सिंह, शिक्षक अवधकिशोर गिरी, बिजय कुमार मिश्रा लगायत सहभागिता रहेको थियो ।

Comments are closed.

error: Content is protected !!