बारामा आठ लाख बराबरको अवैध सामान बरामद

साझेदारी दैनिक
485 पाठक संख्या

कलैया । सशस्त्र प्रहरीले बाराका विभिन्न स्थानबाट करिब ८ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

शुक्रबार बिहान पचरौता नगरपालिका–७ बेनौलिबाट मोटरसाइकलसहित कम्प्युटर पार्टस् बरामद गरेको हो । उक्त बरामद गरिएको सामानको मूल्य ६ लाख ३७ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन्। ।

त्यस्तै बिश्रामपुर गाउँपालिका अन्तर्गत घोडासन, बलिरामपुर र मुसर्वा सीमा क्षेत्रबाट जुत्ता–चप्पल, तन्ना, लेडिज कुर्ता र ट्र्याक्टर पार्टस् बरामद गरिएको छ । उक्त सामानको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ रहेको एसपी के.सी.ले बताए ।

त्यसैगरी सिम्रौनगढ नगरपालिका–६ अमरपुरबाट करिब ३५ हजार रुपैयाँ मूल्य बराबरको मोबाइल टेम्पर ग्लास बरामद गरिएको उनले बताए ।

बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक के.सी.ले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds