एक महिना भित्रमा पाँच करोड ८७ लाख ३६ हजार सात सय ९९ बराबरको मालबस्तुहरू पर्सा प्रहरीले भन्सारमा बुझाएको छ ।
चैत महिनामा उक्त मूल्य बराबरको सामान भन्सारमा प्रहरीले बुझाएको हो। बरामद सामानहरुमा एक करोड २३ लाख ४६ हजार ४९१ बराबरको कपडा भन्सारमा बुझाएको हो ।
यस्तै एक करोड १० लाखको सवारी साधन तथा पार्टपुर्जा भन्सार दाखिला गरेको हो ।
दुई करोड १० लाख ७८ हजार छ सय ८१ बराबरको विधुतीय सामाग्रीहरू बरामद भएको छ ।यस्तै एक करोड ४२ लाख २३ हजार ९१७ बराबरको किराना तथा खाधान्न मालबस्तुहरु बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
राजस्व अभिबृद्धी तथा भन्सार चोरी पैठारी न्यूनीकरण गर्न जिल्ला प्रहरी र मातहतका कार्यालयबाट प्रहरी परिचालन गरेको भन्सार छली ल्याइएका उक्त सामानहरु बरामद गरिएको थापाले जानकारी दिएका हुन् ।


