डम्बरपुर । उमेश घलान /फ्याफुल्ला युवा क्लब डम्बरपुरले
‘स्वच्छ वातावरण निर्माणका लागि वृक्षारोपण’ भन्ने मूल नारासहित वृक्षारोपण गरेको छ।
बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा क्लबको खेलमैदान परिसरमा फलफूल लगायतका वृक्षरोपण गरिएको हो। नेपाल रेयूकाईको सहकार्यमा वातावरण संरक्षण र हरियाली प्रवद्र्धनकालागि सो वृक्षारोपण गरिएको हो।
दीर्घकालीन रूपमा क्लबको आय आर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले अमला,तेजपत्ता,अन्य फलफूलका बिरुवा र शोभामूलक फूलका प्रजातिहरू करिब १ सय २० वटा बिरुवा रोपिएको क्लबको सचिव पवन पाख्रीनले साझेदारी दैनिकलाई जनाए।
वातावरणलाई शुद्ध राख्ने तथा क्लबको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरेको पाख्रीनले बताए। रोपिएका बिरुवाबाट केही वर्षपछि आम्दानी सुरु हुने उनले जनाए। त्यसले क्लबको सामाजिक गतिविधिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो। उक्त कार्यक्रममा जनप्रतिनिधि वडा सदस्य दिपक न्यौपाने,फुलमाया स्याङ्तान,श्री शिवशक्तेश्वरकी शिक्षिका मनिता लामा,स्थानीय बासिन्दा र रेयूकाईका प्रतिनिधि छेवाङ्ग लामा,सागार थोकर र नारायणप्रसाद शर्मा लगायतको वृक्षारोपण कार्यक्रममा उपस्थिति रहेको थियो।

