नब्बे लाख बराबरको अबैध सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
215 पाठक संख्या

कलैया : बारा प्रहरीले ९० लाख बराबरको अवैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा सोमबार सो सामान नियन्त्रणमा लिइएको हो।

प्रहरी चौकी पथलैयाबाट प्रहरी बरिष्ट नायब निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.०१ पथलैया चौक स्थितमा जाँच गर्ने क्रममा ट्रक नियन्त्रणमा लिएको हो।

वीरगंजबाट चितवन तर्फ जाँदै गरेको निम्न नम्बर भएको ट्रकहरुलाई रोकी जाँच गर्दा बिलबिजक भन्दा फरक नब्बे लाख बराबरको ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया, बारामा बुझाईएको प्रहरीले जनाएको छ।

प्रहरीले ना ३ ख ७९८४ नं. को ट्रकमा खुद्रा सामान (दाना, ह्वाइट सिमेन्ट, केमिकल,जुत्ता,हार्डवेयर गुड्स आदि) ३० लाखको सामान नियन्त्रणमा लिएको छ।

प्र. ०३–००२ ख १२१२ नं. को ट्रकमा खुद्रा सामान चाउचाउ,सुटकेस,मोबिल,मेडिसिन आदि अन्दाजी मुल्य ६० लाख बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds