गुजरा नगरपालिकाको रहमान प्राथमिक विद्यालयमा विवाद,बुवा अध्यक्ष र छोरा प्रधानाध्यापक

साझेदारी दैनिक
353 पाठक संख्या

रौतहट : रौतहटको गुजरा नगरपालिका ५ ईस्लामपुर स्थित रहमान प्राथमिक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षमा बाबु र प्रधानाध्यापकमा छोरा रहेका छन्।

१६ वर्ष अघि २०६५ सालमा स्थापना भएको सो विद्यालयको व्यवस्थापन समितिका अध्यक्षमा मोजिवुर रहमान र प्रधानाध्यापक करारका शिक्षक अफरोज आलम रहेका हुन्।

अभिभावकको कुरालाई उनीहरुले वेवास्ता गरी मनपरी निर्णय गर्न खोजेपछि आईतबार विवाद भएको वडा अध्यक्ष शेख जमालुदिनले विधालय परिसरमा सोमबार पत्रकार सम्मेलन गरी जनाएका हुन्। विद्यालयको स्रोत साधन उपर दुवै जनाले मनपरी गरिरहेको वडा अध्यक्ष जमालुदिनको आरोप रहेको छ।

वालविकास देखि कक्षा ५ सम्म पढाई हुने यस विधालयमा ५ जना शिक्षक कर्मचारीमा प्रधानाध्यापक सहित ४ जना अध्यक्ष रहमान कै घरको छोरी बुहारी रहेको पाइएको छ । विद्यालयमा ८०/८५ जना विधार्थी आएपनि ३ सय ६० जना विधार्थीको नाममा छात्रवृत्ति,पाठ्यपुस्तक र दिवा खाजा वापत नगरपालिकाबाट सुविधा लिई व्यापक भ्रष्टाचार गरेको वडा अध्यक्षको दावी रहेको छ।

प्रधानाध्यापक आलमले आफु उपर वडा अध्यक्ष जमालुदिनले लगाएको आरोपमा कुनै सत्यता नरेको दाबी गरेका छन्। विद्यालयमा आइतबार भएको दुई पक्ष विचको झडपमा आफु सहित केही अभिभावक घाइते भएको उनले स्वीकार गरेका छन्।

प्रधानाध्यापक आलमको प्रादेशिक अस्पताल गौर र केही अभिभावकको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भई रहेको छ। यो विद्यालय पारिवारिक रोजगारको नमूना रहेको स्थानीय अभिभावकहरुको आरोप रहेको छ।

Leave a review