जीतपुरसिमरा उपमहानगरपालिकाले गर्‍यो सेवा प्रवाह स्थगित

साझेदारी दैनिक
245 पाठक संख्या

कलैया : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो सेवा प्रवाह स्थगित गरेको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईले बिहीबार एक सूचना जारी गरी सेवा प्रवाह स्थगित गरिएको जानकारी दिएका हुन्।

भदौ २४ गते जीतपुरसिमरा उपमहानगरपालिका र मातहतका वडा कार्यालयहरुमा भएको आगजनि तथा मुलुकमा उत्पन्न भएको विषम परिस्थीतिको कारणले नगरकार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा (दमकल, स्वास्थ्य, सरसफाई र विपद् व्यवस्थापन) बाहेकका सेवाहरु अर्को सूचना नहुँदा सम्मका लागि स्थगित गरिएको सो सूचनामा जानकारीका लागि अनुरोध गरिएको छ ।

यसवाट सेवाग्राही महानुभावहरुमा पर्न गएको असुविधा प्रति जीतपुरसिमरा उपमहानगरपालिका, वारा क्षमाप्रार्थी रहेको सो सूचनामा जनाइएको छ। अर्को सूचना नभएसम्मका लागि यस उपमहानगरपालिका भित्र संचालित सबै शैक्षिक संस्थाहुरुमा पठन–पाठन कार्य स्थगन गर्नुहुन समेत सो सूचनामा अनुरोध गरिएको छ।

Leave a review