बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अशोक साह पक्राउ

साझेदारी दैनिक
336 पाठक संख्या

वीरगञ्ज : पर्सा प्रहरीले एक ११ वर्षीय बालिकालाई जबर्जस्तिकरणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका वडा नं.२ तिनघरे बस्ने ४६ वर्षीय अशोक साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सूचना अधिकारी तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।

साहले बुधबार विहान ११ बर्षीय बालिकालाई बाख्रा चराउने क्रममा एक्लै पारी रु.१० को नोट दिइ ललाइ फकाई प्रलोभनमा पारेको विज्ञप्तिमा उल्लेख छ।

साहले ठोरी गाउँपालिका वडा नं.२ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्तको आधारमा पर्सा ठोरी गाउँपालिका वडा नं.२ सुन्दरबस्ती बस्ने साहलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ। उनलाई पर्सा जिल्ला अदालतबाट शुक्रबार तीन दिन म्याद थप गराई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds