मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले यही जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन ।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेस,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेकपा एकिकृत समाजवादी लगायतको सर्मथनमा विस्वासको मन पाउने अपेक्षाले विश्वासको मत लिने तयारी गरेका हुन ।
नेपाली काँग्रेस,लोसपा र एकिकृत समाजवादी,जसपावीच केन्द्रमा मधेश प्रदेशमा सरकारलाई समर्थन दिने सहमत भएसँगै प्रदेश सरकारले विस्वासको मत पाउने भन्दै तिथि घोषणा गरेको छ ।
गत बुधवार कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा जसपा अध्यक्ष उपेन्द्र ठाकुर,लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच जसपाको सरकारलाई नै निरन्तरता दिने सहमति भएको भएको थियो ।
यता जसपा नेतृत्वको सरकारलाई हटाउन केन्द्रीय सत्ता गठबन्धनले मधेसमा नया सरकार गठन गर्ने सहमति गरेका छन । जनमत पार्टीको नेतृत्वमा मधेस सरकार बनाउने सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीबीच सहमति भएसंगै नयाँ सरकार गठन गर्ने तयारी गरेका हुन
नया सरकार गठन गर्न नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहवीच सहमति भएको हो ।
यो सहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र एकीकृत समाजवादीलाई पनि समावेश गराउने जनाएपनि उनीहरुको भने आधिकारीक धारण आएको छैन ।
मधेश प्रदेश सरकारमा नेकपा एमाले र माओवादीले सर्मथन फिर्ता लिएपछि जसपाका मुख्यमन्त्री सरोज यादव अल्पमत परेका हुन ।
संघीय गठबन्धनमा जान चाहेको जनमत पार्टीले भने मधेश प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने शर्तमा सरकारमा जाने बताएको छ । तर्सथ मधेस प्रदेश सरकारको नेतृत्व लिने विषयमा जसपा र जनमतको विवाद भईरहदा लोकतान्त्रीक पार्टी निर्णायक रहेको छ ।

