वीरगञ्जमा हटाइयो कर्फ्यु, दङ्गाग्रस्त क्षेत्र कायमै

साझेदारी दैनिक
120 पाठक संख्या

वीरगञ्ज : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको केही क्षेत्रमा लगाएको कर्फ्यु आदेश बिहीबार देखि फिर्ता भएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन्।

जिल्ला सुरक्षा समिति पर्साको बिहीबारको निर्णयानुसार शान्ति सुव्यवस्था कायम गर्न वीरगंज महानगरपालिकाको केही क्षेत्रहरुमा बेलुका ९ः०० बजे देखि विहान ५ः०० बजेसम्म लगाईदै आएको कर्फ्यु आदेश हटाईएको हो।

वीरगंज महानगरपालिकाका स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम दङ्गाग्रस्त क्षेत्र घोषित गरिएकोमा सोलाई अर्को आदेश नभएसम्म निरन्तरता दिईएको सो सूचनामा उल्लेख छ।

घण्टाघर चौक देखि गण्डक चौकसम्मको राजमार्ग क्षेत्र तथा कारागार कार्यालय, पर्सा र सोको कम्पाउण्ड क्षेत्र भित्र लगाइएको दंगाग्रस्त क्षेत्र कायमै रहेको छ।

Leave a review

This will close in 0 seconds