Sajhedari Daily
Latest News from Nepal

नापी कार्यालय कित्ताकाट नगर्दा विवाद

Top Aside Banner

नापी कार्यालय बारामा नापी कार्यालयका प्रमुख तथा लेखनदासहरुबिच कित्ता काट्को विषयलाई लिएर मंगलवार विवाद भएको छ ।

लेखनदास प्रमोद पटेलले किता काट गराउनका लागि नापी कार्यालय कलैयामा जाँदा नापी कार्यालयका प्रमुख विकास कुमार कर्णले विभिन्न बहाना बनाई कित्ता काट नगरेको आरोप लगाएका छन।

पटेलले कार्यालयमा काम गराउन जाँदा सर्वोच्च अदालतले अहिले कित्ता काट रोकेको कर्णले जवाफ दिई काम नगरेको आरोप लगाएका छन । उनले छिमेकी जिल्लाहरु पर्सा र रौतहट लगायत अन्य जिल्लाहरुमा कित्ता काट भैरहेको तर बारामा भने कार्यालय प्रमुखको मनपरिका कारण नभएको आरोप लगाएका थिए।

सोही विषयलाई लिएर लेखनदासहरु तथा नापी कार्यालयका कर्मचारीहरुविच विवाद भएको हो । विवाद समाधानको लागि दुवै पक्षवीच बुधवार १० बजे बैठक बस्ने समहमति भएको छ ।

यता कार्यालय प्रमुख कर्णसंग सो विषयमा बुझ्दा लकडाउनमा सर्वोच्च अदालतले कित्ता काट नगर्न आदेश दिएको थियो । त्यसकारण कित्ता काट नभएकोले उनले बताएका छन । उक्त विषयमा सोधनको लागि नेपाल लेखापढि व्यवसाय एसोसिएसन जिल्ला कार्यसमिति बाराका अध्यक्ष जितन पटेल, सचिव आनन्द पटेल, सदस्य पन्नालाल कुशवाहा लगायतको जाँदा उक्त विवाद भएको हो ।