Sajhedari Daily
Latest News from Nepal

पर्सामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

पर्सामा थप एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ की ६५ बर्षिय संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटेल आईसोलेशन सेन्टरमा ती महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । आइतबार बेलुकी ती महिला स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएकी थिईन ।

ढाड दुख्ने र श्वास प्रश्वासमा समस्या देखिएकी महिलाको स्वाब संकलन गरि अस्पतालकै प्रयोगशालामा जिन एक्सपर्ट बिधीबाट परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बाबा होटेलको आईसोलेशन सेन्टरको आइसीयुमा राखेर उपचार गर्ने क्रममै उनको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी गराएको छ ।