सुनको मूल्य तोलामा २५ सयले बढ्यो

साझेदारी दैनिक
283 पाठक संख्या

कलैया । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मुल्य कायम भएको छ ।

सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेर दुई लाख ३३ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार छापावाल सुन प्रतितोला दुई लाख ३० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदीको मुल्य प्रतितोला ३० रुपैयाँले बढेर दुई हजार ९ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि आइतबार चाँदी प्रतितोला दुई हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a review