गण्डकी । गत असोज १२ गते राती गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आगजनीपछि फरार भएको सूचनाका आधारमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई हाल पोखरा–७ राष्ट्र बैंक चोक बस्ने २२ वर्षीय संयोग थापालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुुभयो ।
अनुसन्धानका क्रममा निजले नेपाल राष्ट्र बैङ्कको पर्खाल छेउमा रहेको एनआइएमबी बैङ्कको ‘एटिएम मेसिन’को ‘स्क्रिन’मा ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

