पर्साबाट गाँजा सहित एक बृद्ध पक्राउ

साझेदारी दैनिक
510 पाठक संख्या

प्रतिबन्धित गाँजासहित पर्साबाट एकजना वृद्धलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गाँजासहित पटेर्वासुगौली गाउँपालिका –४ अकुवा टोल बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियारलाई पक्राउ गरेको   हो ।

सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले र पञ्जियारलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो । उनि आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पञ्जियारको साथबाट प्रहरीले ४ किलो ३ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

Leave a review