७० औं प्रहरी दिवसमा कान्तिपुरकर्मी ठाकुरसहित चार जना सञ्चारकर्मी सम्मानित

संदिप प्रसाद यादव
463 पाठक संख्या

कलैया । बारामा ७० औं प्रहरी दिवसमा चार जना सञ्चारकर्मीहरु सम्मानित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले ७० औं प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली अपर्ण तथा विशेष कार्यक्रममा शुक्रवार चार जना सञ्चारकर्मीहरु सम्मानित भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलद्वारा कान्तिपुर टेलिभिजन बारा संवाददाता रमेश कुमार ठाकुर,गोर्खापत्र बारा संवाददाता शिवशंकर मिश्र,नया पत्रीका र न्युज २४ टेलिभिजन बारा संवाददाता इन्दिप कोइराला र रातोपाटी बारा संवाददाता शारदा पोखरेल कदरपत्रसहित सम्मानित भएका हुन् ।

अपराध रोकथाम र अनुसन्धान तथा समाजमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको कार्यमा पत्रकारिताको माध्यमबाट सर्वसाधारण समक्ष सु- सुचित गराउन पुर्‍याएको योगदानको उच्च मूल्याकंन गर्दै बाराका ४ जना पत्रकारलाई कदर पत्रले सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङको अध्यक्षता भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई ,श्री रिपुमर्दण गण ब्रहमपुरी ब्यारेकका प्रमुख सेनानी अशोक कुमार क्षेत्री,सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी,प्रहरी निरीक्षक,नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादव,प्रहरी कर्मचारी,सहिद परिवार तथा सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।

सो कार्यक्रमको शुभकामना मन्तव्य प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले दिएका थिए भने संचालन वरिष्ठ प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीले गरेका थिए ।

Leave a review

This will close in 0 seconds