निजगढ नगरपालिकाले रोपाई गरेर मनायो धान दिवस

साझेदारी दैनिक
साझेदारी दैनिक 341 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

“यसवर्ष धान उत्पादनमा वृद्धि आत्मनिर्भर र समृद्धि” भन्ने राष्ट्रिय नाराका साथ निजगढ नगरपालिकाले १७ औँ राष्ट्रिय धान दिवसको सोमवार मनाएको छ ।

नगरपालिकाले आसार १५ अर्थात धान दिवसका अवसरमा सोमबार नगरपालिकाले वडा नम्बर ९ ठाडो लाईनमा स्थानीय कृषक किरण लामाको खेतमा रोपाई धान रोपाई गरी दिवस मनाएको हो ।

किसानलाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताएका छन । सो अवसरमा बोल्दै मेयर सुरेश कुमार खनालले नगरपालिकाले कृषकहरुको सहजताका लागी मल,बिउ वितरण, बिमा सुविधा, अनुदान लगायतका कार्यहरुलाई निरन्तरता बताएका छन ।

नगरपालिकाले हरेका बर्ष धान दिवसको अवसरमा रोपाई कार्यक्रम आयोजना गर्दै आईरहेको छ । धान दिवस कार्यक्रममा उपप्रमुख लिलादेवी लामिछाने, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review