मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

रासस
305 पाठक संख्या

जनकपुर : मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आज महतोलाई पदमुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले मुख्यमन्त्री यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (४) (ख) बमोजिम आजैदेखि लागू हुनेगरी पदमुक्त गर्नुभएको उल्लेख छ ।

Leave a review

This will close in 0 seconds